दिल्ली, 5 फरवरी 2022
जम्मु कश्मीर र पञ्जाबमा भूकम्पको शक्तिशाली महसुस गरिएको छ । शनिबार बिहान ९ बजेर ४९ मिनेटमा भूकम्पको झटका महसुस गरिएको हो । यहाँ, दिल्ली-एनसीआर (नोएडा) र चण्डीगढमा पनि भूकम्पको धक्का महसुस भएपछि मानिसहरू डराएर घरबाट बाहिर निस्किए। तर, भूकम्पका कारण हालसम्म मुलुकमा कुनै पनि जनधनको क्षति भएको छैन । पाकिस्तानमा पनि ५.७ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । भूकम्पको केन्द्रबिन्दु अफगानिस्तान र ताजिकिस्तानको सीमामा रहेको हिन्दुकुश पहाड नजिक थियो । तर, यसअघि पाकिस्तानमा ७.३ रेक्टर स्केलको भूकम्प गएको र यसको केन्द्रविन्दु इस्लामावादबाट १८९ किलोमिटर टाढा रहेको थियो भने भूकम्पको केन्द्रबिन्दु अफगानिस्तान–ताजिकिस्तान सीमामा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।