मकवानपुर, 5 फरवरी 2022
लागूऔषधसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बकैया गाउँपालिका-४ छतिवनकी हेटौंडा-११ मा बस्दै आएकी २९ वर्षीया नानीमाया खत्री रहेकी छिन्। मकवानपुर प्रहरीले उनको कोठामा छापा मार्नेक्रममा २८० एम्पुल डाइजेपाम, २६८ एम्पुल फेनार्गन र २५० एम्पुल नुफिन गरी ७९८ एम्पुल लागूऔषध बरामद गरेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ।









































