HomeFeatureएमसिसीमा रहेका राष्ट्रहित बिपरित प्रावधानलाई हटाउनुपर्छ: खतिवडा

एमसिसीमा रहेका राष्ट्रहित बिपरित प्रावधानलाई हटाउनुपर्छ: खतिवडा

काठमाडौं, 5 फरवरी 2022

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अमेरिकन सहयोग परियोजना (एमसिसी)मा रहेका राष्ट्रहित बिपरित प्रावधानलाई हटाउनुपर्ने बताउनुभएको छ । समाजवादी प्रेससङ्गठन नेपालको काठमाडौँ जिल्लास्तरीय प्रथम भेलालाइ शनिबार काठमाडौंमा सम्बोधन गर्दै उहाले एमसीसीमा राष्ट्रको हितमा नभएका केही राष्ट्रघाती बुँदा भए त्यसलाई हटाउनुपर्ने बताउनुभएको हो । उक्त परियोजना संसद्मा कसरी प्रस्तुत गर्ने, सामान्य बहुमत वा दुई तिहाइ मतले पारित गर्नुपर्ने विषय प्रस्ट नभएकाले त्यससम्बन्धी कार्यविधि बनाउनुपर्ने उहाले बताउनुभयो । उहाले (एमसिसी) का राम्रा÷नराम्रा दुवै पक्षलाई सन्तुलित ढङ्गले अनुसन्धान गरी यथार्थपरक विषयवस्तुलाई पत्रकारले जनतासमक्ष ल्याउनुपर्ने बताउनुभयो । उहाले एमसीसीका आधारमा गठबन्धन नतोडिने दावी गर्नुभयो । प्रगतिशील पत्रकारले राष्ट्रियताको पक्षमा जनमत निर्माण गर्नुपर्ने उहाको भनाई छ । सङ्गठनका संस्थापक अध्यक्ष शम्भु श्रेष्ठले सङ्गठन देशैभर विस्तारका क्रममा रहेको उललेख गर्दै पत्रकारको व्यावसायिक हकहित र अधिकार संरक्षण गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । उपाध्यक्षद्वय सन्तराम बिडारी, विश्वमणि सुवेदी, महासचिव भूपराज खड्का लगायतले उक्त सङ्गठनमा आबद्ध सञ्चारकर्मीको आचरण र व्यवहार सामाजिक हुनुपर्ने, समाजप्रति जिम्मेवार, जनताको सेवा गर्ने भावना तथा चिन्तनको विकास गरी अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।   कार्यक्रममा भीम लामाको नेतृत्वमा १७ सदस्यीय काठमाडौँ जिल्ला कमिटी गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...