HomeFeature‘भ्यालेन्टाइन डे’को लागि भारतबाट दुई लाख सात हजार गुलावको फूल ल्याइदै

‘भ्यालेन्टाइन डे’को लागि भारतबाट दुई लाख सात हजार गुलावको फूल ल्याइदै

दिल्ली, 8 फरवरी 2022

फ्लोरि-कल्चर एशोसिएसन नेपाल (फान) ले यस वर्षको ‘भ्यालेन्टाइन डे’लाई लक्षित गरी भारतबाट दुई लाख सात हजार थान (स्ट्रिम) गुलाबको फूल ल्याउने भएको छ । ‘यस वर्षको भ्यालेनटाइन डे लाई लक्षित गरी हामीले भारतबाट दुई लाख सात हजार थान गुलाबको फूल मगाएका छौं,’ फानका अध्यक्ष मीनबहादुर तामाङले भने, ‘एक करोड रुपैयाँको गुलाव भारतबाट ल्याउँछौ ।’‘भ्यालेनटाइन डे’ पश्चिमी संस्कृति भए पनि पछिल्ला वर्षहरूमा नेपालमा यो दिनलाई युवायुवतीले विशेष रुपमा मनाउने गरेका छन् । 14 फेब्रुअरी लाई भ्यालेनटाइन डे अर्थात प्रणय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ । भ्यालेनटाइन डेको दिनमा आफूले माया गर्ने व्यक्तिलाई गुलावको फूल दिने प्रचलन रहेको छ । सोहीकारण उक्त दिन गुलावको फूलको माग बढी हुने गर्छ । नेपालमा पनि अन्य दिनको तुलनामा भ्यालेनटाइन डेको दिन गुलावको फूलको माग 13 गुणा बढी हुने गरेको छ । फानका अध्यक्ष तामाङका अनुसार आउँदो ’भ्यालेनटाइन डे’मा नेपालमा दुई लाख 30 हजार गुलावको फूल बिक्री हुने अनुमान छ । जसमध्ये 10 प्रतिशत माग नेपालमा उत्पादन भएको गुलाव र बाँकी 90 प्रतिशत भारतबाट ल्याइने गुलावले धान्ने तामाङले बताए । यस वर्षको भ्यालेन्टाइन डेमा नेपालमा उत्पादन भएको 23 हजार थान गुलावको फूल बजारमा आउने छ ।गत वर्षको भ्यालेनटाइन डेमा एक लाख 80 हजार थान गुलावको फूल बिक्री भएको थियो । यस वर्ष गुलावको माग र बिक्री बढ्ने अनुमान गरिएको छ ।  सामान्य बेला नेपालमा दैनिक आठ हजार देखि 10 हजार थानसम्म गुलावको फुल बिक्री हुने गर्छ । तामाङका अनुसार वर्षमा नौ महिना नेपाल गुलावको फुलमा आत्मनिर्भर रहँदै आएको छ । चैतदेखि मंसिरसम्म गुलावको फूल भारतबाट आयात गर्नु पर्दैन । नौ महिना नेपाली बजारको मागलाई नेपालमै उत्पादिन गुलावले धान्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...