दिल्ली, 8 फरवरी 2022
गत आइतबार अरुणाञ्चल प्रदेशको सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा हिमपहिरोमा परी ७ जना सेनाका जवान फसेका थिए । उनीहरुलाई बचाउन विशेष प्रयास गरिएको थियो । यसका लागि बाहिरबाट पनि विशेष टोली बोलाइएको थियो । अरुणाचल प्रदेशको कामेङ सेक्टरको उच्च उचाइ क्षेत्रमा६ फेब्रुअरी मा भारी हिमपहिरो भएको थियो । त्यसको चपेटामा परेका सेनाका सात जवान शहीद भएको पुष्टि भएको छ ।भारतीय सेनाका अनुसार उनीहरुको शव हिमपहिरोबाट निकालिएको छ ।









































