HomeFeatureएमसीसी ‘टेबल’ गर्ने देउवाको तयारी

एमसीसी ‘टेबल’ गर्ने देउवाको तयारी

दिल्ली, 9 फरवरी 2022

प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्नीप्रसाद सापकोटाको विकल्प खोजेर भएपनि संसद्मा एमसीसी टेबल गर्ने तयारी गरेका छन्। सत्ता सहयात्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल एमसीसीमा तगारो बनेपछि देउवाले विकल्प खोजेर संसदबाट एमसीसी पारित गर्ने तयारी गरेको बालुवाटार स्रोतले बताएको छ।  बुधबारका लागि तय भएको प्रतिनिधि सभाको बैठक सभामुख सापकोटाले मंगलबार अबेर सूचना निकालेर स्थगित गरेका थिए। बुधबार नै बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमसीसी टेबल गर्न छलफल गर्ने तयारी भएको थियो। संसद स्थगित भएपछि फेरी एक पटक प्रधानमन्त्रीले गठबन्धनको बैठकमा एमसीसीबारे निर्णायक छलफल गर्ने तयारी गरेका छन्। एमसीसीबारे गठबन्धनबीच सहमति नजुटेपछि सभामुख सापकोटाले संसद स्थगित गरेका हुन्। सभामुख सापकोटाले सरकारको आग्रहमा बैठक स्थगित गरेको भनेका छन्। अर्को बैठक फागुन २ का लागि तोकिएको छ। फागुन २ भित्र एमसीसीबारे गठबन्धन दलहरुबीच सहमति कायम भए सहजै एमसीसी टेबल हुनेछ। ‘सहमति कायम नभए प्रधानमन्त्री देउवाले अर्को विकल्प थाल्ने छन्, त्यो हो सभामुख हटाउने प्रक्रिया’ कांग्रेसका एक नेता भने। सभामुखको विकल्प खोज्न एमाले र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले समेत साथ दिने प्रधानमन्त्रीसँग प्रतिबद्धता जनाइसकेको स्रोतले बताएको छ। संसद्को सबैभन्दा ठूलो दल एमालेले संसद्लाई प्रभावकारी बनाउन सभामुख तथा सरकारले बोलाएको सर्वदलीय बहिस्कार गरिरहेको छ । एमालेले आफूले कारबाही गरेको १४ सांसद पदमुक्त भएको सूचना समामुखले टाँस नगरेको जनाउँदै संसद् बैठक अवरुद्धदेखि सर्वदलीय बैठक बहिस्कार गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...