HomeFeatureराप्रपाद्वारा स्थानीय निर्वाचनमा सवै तहमा उम्मेद्वार खडा गर्ने निर्णय

राप्रपाद्वारा स्थानीय निर्वाचनमा सवै तहमा उम्मेद्वार खडा गर्ने निर्णय

काठमाडौं, 10 फरवरी 2022

राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय निर्वाचनमा सवै तहमा उम्मेद्वार खडा गर्ने निर्णय गरेको छ ।  पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको राप्रपा पदाधिकारी बैठकले वैशाख ३० गते हुने निर्वाचनमा सवै तहमा उम्मेद्वार खडा गर्ने र पार्टीको संगठन सुदृढ र क्रियाशील गर्ने निर्णय गरेको हो । निर्वाचनलाई मध्यनजर गर्दै घर दैलो , आमसभा लगाएका कार्यक्रम गर्ने र कार्यक्रममा शिर्ष नेताहरुलाई नै सहभागी गराउने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीलाई अत्यधिक सफलता हासिल गर्न महामन्त्री एवं स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकद्वारा प्रस्तुत स्थानीय तह निर्वाचन विशेष कार्ययोजना बारे छलफल भएको थियो । यस्तै फागुन महिनालाई प्रशिक्षणको महिना बनाउने, पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण सञ्चालन गर्ने,  जिल्ला कार्यसमिति र स्थानीय तह अन्तर्गतका समितिको सिफारिसमा फागुन मसान्तभित्र उमेदवार छनौट गर्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो । यस्तै बैठकले समान विचार भएकाहरुसँग एकता, मोर्चा वा सहकार्यका लागि भइरहेका प्रयासको समीक्षा गर्दै जारी वार्तालाई निरन्तरता दिने निर्णय भएको उहाले जानकारी दिनुभयो । त्यस्तै उहाले राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी र सुदृढ स्थानीय तह लगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित रहेको पनि पुनः स्पष्ट पारिएको बताउनुभयो । प्रवक्ता श्रेष्ठले पार्टी परित्याग गर्ने कमल थापाको निर्णय अनपेक्षित रहेको उल्लेख गर्नुभयो । यसैबीच राप्रपाका पूर्वअध्यक्ष पशुपति शम्शेर जबराले कमल थापाले पार्टी त्यागको घोषणा गर्नु अनपेक्षित भएको भन्दै थापा पार्टीमा फर्किने विश्वास व्यक्त गर्नुभएको छ । उहाले कमल थापाको निर्णय अपर्झट आएको र दुख लाग्दो भएको पनि बताउयनुभयो । राप्रपाले केन्द्रीय कार्यसमितिको बैठक फागुन ११ गते बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...