दिल्ली, 11 फरवरी 2022
चार दिनका लागि भारतसंग जोडिएका पश्चिमी सिमानाका बन्द हुने भएका छन्। भारतको उत्तराखण्डमा हुने विधानसभा निर्वाचनका लागि नेपालसंग जोडिएका सीमानाका बन्द हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। उत्तराखण्डमा हुने विधानसभा निर्वाचनका लागि कञ्चनपुरको गड्डाचौकी नाका आज साझ ६ बजेदेखी बन्द हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको हो। माघ २८ गते साँझ ६ बजेदेखी फागुन २ गते साँझ ६ बजेसम्म नाका बन्द हुनेछन् भने बैतडीको झुलाघाट, दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलंगालगायतका भारतसंग जोडिएका नाका बन्द हुनेछन्। निर्वाचनको सुरक्षा संवेदनशीलताका कारण दुवै देशको सहमतिका आधारमा नाका बन्द गरिएको हो।









































