HomeFeatureभारतको आइएसएल क्लबमा आबद्ध हुने अनन्त बने  पहिलो नेपाली खेलाडी

भारतको आइएसएल क्लबमा आबद्ध हुने अनन्त बने  पहिलो नेपाली खेलाडी

काठमाडौं, 11 फरवरी 2022

यो सिजनको बाँकी चार खेलका लागि नेपाली राष्ट्रिय टिमका डिफेन्डर अनन्त तामाङ इन्डियन सुपर लिग (आइएसएल) क्लब एससी इस्ट बंगालमा आबद्ध भएका छन्। भारतको आइलिगमा आबद्ध भए पनि नेपाली खेलाडी आइएसएल टिममा आबद्ध भएको यो पहिलो पटक हो। नेपालको ए डिभिजन लिग थ्रीस्टारबाट खेलेका अनन्त मरिससविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घाइते भएका कारण मैदान बाहिर रहेका थिए।  नेपाली टिमबाट विगत ८ वर्षदेखि खेलिरहेका २४  वर्षीय अनन्तले ४३ अन्तर्राष्ट्रिय खेलमा २ गोल गरेका छन्। सेन्टर ब्यक अनन्तले यसअघि स्पेनको मार्बेला एफसी एकेडेमीमा सन् २०१७-१८ को सिजनमा खेलेका थिए।  अनन्त इस्ट बंगालमा फ्रि ट्रान्फरमा आबद्ध भएका हुन्। ५ फिट १० इन्च अग्ला अनन्त विपक्षीका लागि रक्षापंक्तीमा मात्र होइन अग्रपंक्तिमा पनि खतरा बन्न सक्छन्।  जारी सिजनको आइएसएलमा इस्ट बंगाल ११ क्लब मध्ये १०औं स्थानमा छ। इस्ट बंगालले १६ खेल खेल्दा १ खेलमा मात्र जित हात पारेको छ।  इस्ट बंगालले लिगको १७औं चरणमा आगामी सोमबार केरला ब्लास्टर्ससँग खेल्दैछ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...