दिल्ली, 11 फरवरी 2022
कर्नाटकमा हिजाबको मुद्दा देशमा चर्किरहेको छ। यस विषयमा सबैले आ–आफ्ना धारणा व्यक्त गरिरहेका छन् । यसैबीच अब अभिनेत्री कंगना रनौतको प्रतिक्रिया आएको छ । कंगनाले आफ्नो सामाजिक सञ्जालमा लेखक आनन्द रंगनाथनको पोष्ट सेयर गर्दै कंगनाले लेखेकी छिन्, ‘यदि तिमीसँग हिम्मत छ भने अफगानिस्तानमा बुर्का नलगाउनु । पिंजरामा बन्दी नबन स्वतन्त्र हुन सिक। कंगनाको पोस्टमा शबाना आजमीले पनि प्रतिक्रिया दिएकी छिन् । उनले भारत धर्मनिरपेक्ष गणतन्त्र भएको जनाइन ।










































