HomeFeatureएमसीसी संसदमा पेश गर्नबाट सभामुखले रोक्न सक्दैन : केपी शर्मा ओली

एमसीसी संसदमा पेश गर्नबाट सभामुखले रोक्न सक्दैन : केपी शर्मा ओली

काठमाडौं, 11 फरवरी 2022

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेले आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने स्पष्ट पार्नुभएको छ । शुक्रबार काठमाडौंमा एमाले स्थानीय तह निर्वाचन तयारी केन्द्रीत प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको भर्चुअल रुप उद्घाटन गदै अध्यक्ष ओलीले आगामी निर्वाचनमा राष्ट्रियस्तरमा चुनावी तालमेल नहुने बताउनुभएको हो । अध्यक्ष ओलीले पार्टीले तालमेल वा एकता गर्छ कि भन्ने नसोच्न अपिल गर्नुभयो । कानून नहुँदा पनि स्थानीय तहका पहिलो जनप्रतिनिधिले उल्लेख्य काम गरेको बताउँदै अध्यक्ष ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउन केन्द्रित हुन पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । त्यस्तै उहाले एमालेले कसैलाई निर्वाचनबाट भाग्न नदिने भन्दै अबको निर्वाचनमा बत्ति निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिनुभयो । उहाले वर्तमान सरकार र गठबन्धन दलले निर्वाचन गर्न नचाहेपनि जनताको दवावका कारण स्थानीय तहको निर्वाचन घोषणा गर्न बाध्य भएको उल्लेख गर्नुभयो । त्यस्तै उहाले सात महिनाको अवधीमा गठबन्धन सरकारले मुलुकलाई अस्तव्यक्त बनाएको आरोप लगाउनुभयो । उहाले आफूहरू संसद‍्मा प्रतिपक्षीको प्रभावकारी भूमिका निर्वाह गर्न इच्छुक रहेको तर, सरकारले संसद‍् चलाउने वातावरण नबनाएको टिप्पणी गर्नुभयो ।  अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको र एमालेप्रति पूर्वाग्रही भएको पनि बताउनुभयो । उहाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा पेश गर्नबाट सभामुख अग्निप्रसाद सापकोटाले रोक्न नपाउने बताउनुभयो । सभामुखले एमसीसी सम्झौता संसदमा पेश गर्न दिन्न भन्नु सभामुखको अधिकार भन्दा बाहिरको कुरा भएको उहाको भनाई छ । यसअघिका सभामुखले पनि एमसीसीलाई अनधिकृत रुपमा रोकिएको भन्दै ओलीले संसदले एमसीसीबारे निर्णय गर्न पाउनुपर्ने तर्क गर्नुभयो । सत्तारुढ गठबन्धनका नेताले जनता र पार्टीमा फरक फरक कुरा गर्ने गरिएको भन्दै आलोचना गर्नुभयो । उहाले स्थानीय तहको निर्वाचन सम्पूर्ण शक्तिका साथ तयारीमा जुट्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...