दिल्ली, 12 फरवरी 2022
गुल्मीको कालिगण्डकी गाउँपालिका को बर्तमान नेतृत्व असफल भएको आरोप लगाउदै कालीगण्डकी गाउँपालिका, वार्ड नम्बर, 5 ,फोक्सिङ्ग, चालिसे का 15 घरपरिवार का 75 जना नेकपा एमालेमा प्रवेश गरेका छन । एमाले को 10 औ राष्ट्रिय महाधिबेसन र 11 औँ जिल्ला अधिबेशनबाट निर्वाचित नेताहरुको अभिनन्दन तथा बधाई कार्यक्रममा नेकपा एमालेमा प्रवेश गरेका कालिगण्डकी गाउँ कमिटि अध्यक्ष रामजी ढकालले जानकारी गराए। कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज दिनेश पन्थीले अहिलेको एमालेनै देशको भबिष्य बनाउन सक्ने पार्टि भएको बताउँदै, एमाले संग एक्लै भिड्न नसक्ने हरूले गठबन्धन नामको गठबन्धन बनाएर देशलाई उँधोगति लगाएको आरोप लगाए । सरकारको नेतृत्व गरेको नेपाली काङ्ग्रेस नेकपा एमाले संग डराएर चुनावको मिति घोषणा नगरेको धारणा राखे । कार्यक्रममा आफ्नो मन्तब्य राख्दै नेकपा एमाले गुल्मी जिल्ला कमिटी अध्यक्ष बाल सिंह काउछाले, नवप्रवेशीहरुलाई एमालेमा आएर ‘राम्रो बाटो रोजेको र एमाले को बिकास अभियान मा साथ दिएको’ भन्दै शुभकामना दिए । कार्यक्रममा कृष्ण सुनार, गणेश श्रीपाली लगायत ले आफ्ना भनाईहरु राखेका थिए ।अभिनन्दन तथा पार्टी प्रवेश कार्यक्रम गाउँ कमिटि अध्यक्ष रामजी ढकालको, अध्यक्षता र उपसचिव लिलाधर सापकोटाको, सञ्चालनमा भएको थियो ।









































