HomeFeatureफुटबल: उपाधिको होडमा रहेको मच्छिन्द्रले च्यासल युथ क्लवलाई दुई शुन्यले हरायो

फुटबल: उपाधिको होडमा रहेको मच्छिन्द्रले च्यासल युथ क्लवलाई दुई शुन्यले हरायो

काठमाडौं, 12 फरवरी 2022

सहिद स्मारक ए डिभिजन लिगमा उपाधिको होडमा रहेको मच्छिन्द्रले रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लवलाई दुई शुन्यले हराएको छ । दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रको जितमा विमल घर्तिमगर र सुनील बलले गोल गरे ।  खेलको सुरुवातबाट नै आक्रामक खेल खेलेको लिगको उपाधि होडमा रहेको मच्छिन्द्रले १७ औं मिनेटमा अग्रता लिन सफल भयो । उसका लागि बिमल घर्तिमगरले उत्कृष्ट फिनिस गरे ।  त्यसपछि ३५ औं मिनेटमा मच्छिन्द्रले खेलमा दुई शुन्यको अग्रता बनायो । उसका लागि सुनील बलले उत्कृष्ट गोल गरे । उनले बिमल घर्तिमगरको पासमा डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्न सफल भए । यो हारले च्यासल भने रेलिगेसनको दबाव झन बढेको छ । यो जितपछि मच्छिन्द्रको १० खेलमा २६ अंक भएको छ । च्यासलको भने ५ अंक छ । यस्तै शनिबार नै सातदोबाटोस्थित एन्फा कप्लेक्समा शनिबार भएको खेलमा सातदोबाटोले पुलिसलाई १–० गोल अन्तरले पराजित गरेको छ ।  सातदोबाटोलाई जित दिलाउन आकाश बुढा मगरले निर्णायक गोल गरे । आकाशले खेलको १९ औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् । पुलिसका हेमन्त श्रेष्ठले पेनाल्टी क्षेत्र भित्र आकाशलाई फउल गर्दै लडाएपछि सातदोबाटोले पेनाल्टीको अवसर पाएको थियो । जसमा आकाश चुकेनन् । यससँगै नवप्रवेशी क्लब सातदोबाटोले पुलिसमाथि पहिलो भेटमै जित निकाल्न सफल भएको छ । यस जितसँगै सातदोबाटोले १० खेलमा १५ अंक जोडेको छ । पुलिसले १० खेलमा १० अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...