दिल्ली, 14 फरवरी 2022
प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समितिले पनि आफ्नो सांगठनिक विस्तारको क्रमलाई तीव्रता दिएको छ। स्थानीय चुनाव घोषणा लगत्तै प्रवासमा रहेका भातृ संगठनहरु पनि जुरमुर्राएर उठ्न थालेका छन। मुम्बईबाट नेशनल लाईभ टिभीलाई प्राप्त जानकारी अनुसार प्रवासी नेपाली संघ भारतले पनि आफ्ना नगर, टोल, राज्य समितिहरुलाई सक्रिय पार्दै लगेको छ। यसै क्रममा प्रवासी नेपाली संघ भारत महारष्ट्र राज्य समिति अन्तर्गत पर्ने पश्चिम मुम्बई नगर ख को माल्वणी गार्डन् मलाडमा एक भेलाको आयोजना गरि माल्वणी प्रारम्भिक समिति गठन कार्य सम्पन्न गरेको छ। प्रकाश भूलको अध्यक्षतामा बसेको सो बैठकमा प्रवासी नेपाली संघ भारतका केन्द्रिय सचिवालय सदस्य टेक रावल “भीजन” प्रमुख अतिथि रहेका थिए। प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समितिका संयोजक सुरेश बोहरा, राज्य सदस्य कल्पना बोहरा र पश्चिम मुम्बई नगर समिति कोषाध्यक्ष लोकेन्द्र बोहरा को आतिथ्यतामा भएको भेलाको संचालन प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य सदस्य महेश नाथले गरेका थिए। उक्त भेलाबाट 21 सदस्यीय माल्वणी प्रारम्भिक समिति गठन गरिएको छ।









































