HomeFeatureएमसीसीमा दलहरुकै भूमिका निर्णायक , आफु रेफ्रीको भूमिकामा मात्र रहेको सभामुखको टिप्पणी

एमसीसीमा दलहरुकै भूमिका निर्णायक , आफु रेफ्रीको भूमिकामा मात्र रहेको सभामुखको टिप्पणी

काठमाडौं, 14 फरवरी 2022

सभामुख अग्नि सापकोटाले एमसीसी लगाएतका बिषयमा सदनमा स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्ने बताउनुभएको छ । सिहदरबारमा सोमबार बसेको सर्वदलीय बैठकमा सभामुख सापकोटाले अहिलेको अवस्थामा आफु सभामुखको हैसियतमा रहेकाले स्वतन्त्र, निष्पक्ष ढंगले निर्णय गर्ने बताउनुभएको हो । बैठकमा एसीसीसहित पछिल्ला विकसित राजनीतिक घटनामा नेताहरूले आफ्नो धारणा राखेका थिए । बैठकपछि सभामुख सापकोटाले सवै दलले आआफ्नो धारणा राखेको र आफूले गम्भीरतापूर्वक सुनेको बताउनुभयो । उहाले एमसीसीका विषयमा दलहरुकै भूमिका निर्णायक हुने भन्दै आफु रेफ्रीको भूमिकामा मात्र रहेको टिप्पणी गर्नुभयो । आफूले संसद सञ्चालन हुनुपर्छ भन्ने विषयमा विशेष जोड दिएको र यसमा सरकार गठबन्धन सवैले पहल गर्नुपर्ने उहाले बताउनुभयो । सदनलाई सुचारु गर्ने कुरा र छलफलको वातावरण बनाउने कुरा नै अहिलेको राष्ट्रको सबैभन्दा महत्वपूर्ण कुरा भन्ने कुरामा सबैको एकमत रहेको उहाको भनाई छ । त्यस्तै नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक जीवनराम श्रेष्ठले मूल रुपमा संसद् सञ्चालनको विषयमा छलफल भएको जानकारी दिनुभयो । उहाले एमसीसी लगाएतका बिषयमा सहमति विकास गरेर अगाडि बढ्ने कुरा भएको बताउनुभयो । उहाले आफ्ना सांसदहरुको कारवाहीका बारेमा एमालेले राखेको अडान उचित नभएको धारणा राख्नुभयो । सिंहदरबारमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने सहभागी भएन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...