सिन्धुपाल्चोक, 15 फरवरी 2022
छोरीलाई जर्बजस्ती करणी गरेको आरोपमा प्रहरीले ४३ वर्षीय विनोद दुलाललाई पक्राउ गरेको छ । उनी १५ वर्षदेखि फरार चौतारा साँगाचोकगढी- १३ ठुलोसिरुवारीका दुलाललाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार अभियुक्त दुलाललाई विशेष सूचनाको आधारमा शनिबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले १५ वर्षपछि सोमबारमात्रै दुलाललाई समातेको हो । २०६३ वैशाख १९ मा दुलालले नाबलिका छोरीलाई सल्लाघारी जंगलमा जबरजस्ती करणी गरेका थिए तर आवश्यक कानुनी प्रक्रिया सुरु हुनुअघिदेखि यी आरोपित फरार थिए । मंगलबार चौतारा साँगाचोकगढी नगर साँगाचोक बजारमा लुकिछिपी बसेको सूचनाका आधारमा सुरक्षाकर्मीले फेला पारेको प्रहरीले जनाएको छ ।









































