HomeFeatureए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लव तथा जावलाखेल...

ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लव तथा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै

काठमाडौं, 15 फरवरी 2022

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लव तथा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा ब्रिगेड र च्यासलले गोलरहित बराबरी खेलेका हुन् । दुवै टोलीले पाएको अवसरको सदूपयोग गर्न सक्दा गोलरहीत बराबरी खेल्न बाध्य भएका हुन् । यस बराबरीसँगै ब्रिगेडले ११ खेलमा ७ अंक जोडेको छ । च्यासलले ११ खेलमा ६ अंक जोडेको छ । यस्तै  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा जावलाखेल फ्रेन्ड्स क्लबसँग ३–३ गोलको बराबरीमा रोकिएको हो । जावलाखेलका लागि लोईक एन्जीमी कोउहिमले दुई गोल गरे । यस्तै रुप बहादुर लामाले एक गोल गरे । फ्रेन्ड्सका जमउल एन्थोनी फ्रान्सिओसले दुई गोल गरे । नाथनियल जुड ग्रासियाले एक गोल गरे । बराबरीसँगै जावलाखेलले ११ खेलमा १० अंक जोडेको छ ।  फ्रेन्ड्सले ११ खेल ७ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...