HomeFeatureभारतको जम्मु कश्मीरमा मूल प्रवाहको संगठन विस्तार

भारतको जम्मु कश्मीरमा मूल प्रवाहको संगठन विस्तार

दिल्ली, 15 फरवरी 2022

मुल प्रवाह अखिल भारत नेपाली एकता समाजको जम्मु कश्मीरमा संगठन विस्तार भएको छ । नेशनल लाइभ टी.भीलाई चंडिगढबाट खिमराज चालिसेले दिएको जानकारी अनुसार आठौं अखिल भारत सम्मेलन (27–28 फरवरी र 1 मार्च 2022) मा हुन गैरहेको सम्मेलनलाई सफल पार्नको लागि प्रचारात्मक कार्यक्रमसहित संगठन विस्तारलाई एकता समाजले तिब्रता दिएको हो । मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत जम्मू कश्मीर नगरका सल्लाहकार लिलामणी पोख्रेलको पहलमा आयोजित भेलाको उद्घाटन केन्द्रीय सदस्य कुलबहादुर बगालेले गर्नु भएको थियो ।सो क्रममा बगालेले देशको वर्तमान परिस्थिति एवं मूल प्रवाहको लक्ष्य र उद्देश्यका साथै आठौं अखिल भारत सम्मेलनको विषयमा प्रकाश पार्नुभएको थियो । त्यस्तै, सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य प्रेम आचार्य र मुकुन्दप्रसाद गौतमले भेला सफलताको शुभकामना दिनुभएको थियो। भेलाले 13 पूर्ण,  दुई वैकल्पिक गरि 15 सदस्यीय नगर समिति गठन गरेको छ । समितिको अध्यक्षमा रामबहादुर गुरुङ,  उपाध्यक्ष होमनाथ गौतम, सचिव मेगबहादुर गुरुङ, सहसचिव माया गुरुङ र कोषाध्यक्षमा लीलामणि पोख्रेल चयन हुनुभएको छ । सदस्यहरुमा डा.राज कुमार,  हिमांसु गुरुङ,  शशिराम घर्तीमगर,  किशन गुरुङ,  किरण गुरुङ,  शक्ति बुढामगर,  निरा देवी र रोहित भण्डारी तथा वैकल्पिक सदस्यमा गंगाबहादुर थापा हुनुहुन्छ भने हाललाई एक स्थान रिक्त राखिएको छ । कार्यक्रम मेगबहादुर गुरुङको सञ्चालन तथा राजकुमारको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत लीलामणि पोख्रेलले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...