दिल्ली, 16 फरवरी 2022
बलिउड संगीत निर्देशक बप्पी लाहिरीको ६९ वर्षको उमेरमा मंगलबार राति ११ बजे निधन भएको छ । उनले मुम्बईको जुहुस्थित क्रिटी केयर अस्पतालमा अन्तिम सास लिए। स्वास्थ्यमा खराबी देखिएपछि उनलाई मंगलवार नै अस्पताल लगिएको थियो। बप्पी दा गत वर्ष कोभिड पोजिटिभ भएका थिए । त्यसपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । बप्पी लाहिरीलाई संगीत क्षेत्रमा डिस्को किङ भनिन्छ । उनको वास्तविक नाम आलोकेश लाहिरी थियो। बलिउडका ‘डिस्को किङ्ग’ कहलिन लहरीले गीतसंगीतका साथै सुन लगाउने बानीका कारण पनि चर्चित थिए। उनीसँग करिब ४० लाखको गहना भएको बताइन्छ। बलिउडमा करिब ४८ वर्ष काम गरेका उनले ५ हजारभन्दा बढी गीत कम्पोज गरेका थिए। उनले हिन्दी, बंगाली, तमिल, तेलुगु, मलयालम, कन्नड, गुजराती, मराठी, पंजाबी, उडिया, भोजपुरी, आसमी भाषासँगै बंगलादेशी र हलिउड फिल्ममा पनि गीत कम्पोज गरेका थिए। बप्पी लाहिरी आफ्नो संगीतका साथै सुनको लुगा लगाउने शैलीका लागि परिचित थिए।









































