HomeFeatureराष्ट्रिय सहमति बिना एमसीसी अघि बढे सरकार छाडने: माओवादी केन्द्र

राष्ट्रिय सहमति बिना एमसीसी अघि बढे सरकार छाडने: माओवादी केन्द्र

काठमाडौं, 16 फरवरी 2022

सत्तारुढ माओवादी केन्द्रले राष्ट्रिय सहमति बिना एमसीसी अघि बढ्ने र त्यसको विपक्षमा आफूले मतदान गर्नुपर्ने अवस्था आए नैतिक रुपमा सरकारमा बस्न नमिल्ने निष्कर्ष निकालेको छ । सिंहदरबारमा बुधबार बसेको माओवादी संसदीय दलको बैठकले एमसीसीका प्रावधानमा सहमति नभएसम्म अघि बढाउन नहुने भन्दै एमसीसी अघि बढ्ने र त्यसको विपक्षमा आफूले मतदान गर्नुपर्ने अवस्था आए नैतिक रुपमा सरकारमा बस्न नमिल्ने निष्कर्ष निकालेको प्रमुख सचेतक देव गुरुङले एमसीसी सम्झौतामा रहेका असमान र राष्ट्रिय हितविपरीतका स्वार्थ परिमार्जन नगरी यथास्थितिमा अगाडि बढाउन र पारित गर्न नसकिने बताउनुभयो । उहाले एमसीसीको मुद्दामा सर्वदलीय छलफल गरी राष्ट्रिय सहमति कायम गरेर मात्र अघि बढ्नुपर्ने भन्दै कम्तीमा सरकारमा रहेका दलहरूबीच सहमति हुनुपर्ने बैठकले निर्णय गरेको बताउनुभयो । गुरुङले सरकारमा रहेका पाँचवटै दलबीच सहमति नभइ एमसीसी अगाडि बढाइए आफूहरू सरकारबाट बाहिरिने उल्लेख गर्नुभयो । यसअघि सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले एमसीसी सदनमा पेस गर्ने र अनुमोदनको पक्षमा उभिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...