HomeFeatureप्रतिनिधिसभा बैठक: एमालेद्वारा नारावाजीसहित बिरोध

प्रतिनिधिसभा बैठक: एमालेद्वारा नारावाजीसहित बिरोध

काठमाडौं, 16 फरवरी 2022

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा नारावाजीसहित बिरोध जनाएका छन् ।  संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार बैठक सुरुहुने बितिकै एमालेका सांसदहरुले उठेर बिरोध गर्दै रोष्टम घेराउ गर्न पुगेका थिए । सो क्रममा उनीहरुले एमालेले कारवाही गरेका सांसदहरुलाई सदनमा प्रवेश गराएको भन्दै नारावाजी गरेका थिए । संसदीय मर्यादा कायम गर भन्दै उनीहरुले सभामुखको भूमिकाको बिरोध गरेका थिए । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सदन सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।  सभामुख सापकोटाले संसद्मा विचाराधीन विषयहरु रहेकाले छलफलका लागि सदन सञ्चालनमा व्यवधान नगर्न पनि आग्रह गर्नुभयो । सभामुखको आग्रहपछि पनि एमाले सांसदहरुले बिरोध कायमै राखेपछि कार्यसूची अघि बढाएको थियो । बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानूनमन्त्री दिलेन्द्र बडुले थारु आयोगको तेश्रो बार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । यस्तै बैठकले कांग्रेसका संविधानसभा सदस्य जगत बहादुर ताजपुरीया , २०५९ सालमा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य लक्ष्मीदास मानन्धर र एमालेकै तर्फबाट संविधानसभा सदस्य डाक्टर दुमन सिंहथापाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा एमसीसी अघि बढाउने सरकारको तयारी भएपनि अन्तिम समयमा रोकिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक फाल्गुन ६ गते शुक्रबार बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...