HomeFeatureबलात्कारको आरोपमा एमालेका सांसद मोहन बानियाँ विरूद्ध पक्राउ पुर्जी जारी

बलात्कारको आरोपमा एमालेका सांसद मोहन बानियाँ विरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, 16 फरवरी 2022

नेकपा एमालेका नेता तथा सांसद मोहन बानियाँविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। जुम्लाकी एक शिक्षिकाले पूर्वमन्त्री समेत रहेका बानियाँले बाँकेस्थित एक होटलमा जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो। महिलाको जाहेरीको आधारमा बिहीबार बानियाँविरूद्ध जबरजस्ती करणी मुद्दामा जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेले बताए।  ‘पीडित महिलाको जाहेरीका आधारमा बानियाँविरूद्ध सोमबार नै पक्राउ पुर्जी जारी गरेका हौं,’ डिएसपी न्यौपानेले भने,‘ आरोपित बानियाँको खोजी कार्य जारी छ।’

ती शिक्षिकाले दिएको उजुरीपछि जानकारी दिँदा पूर्वमन्त्री समेत रहेका बानियाँले आफू निर्दोष रहेको भन्दै आफैं प्रहरीमा उपस्थित हुने प्रहरीलाई बताएको भए पनि पछिल्लो समय भने उनी सम्पर्कविहीन छन्।  यसअघि एमाले नेता बानियाँले आफू निर्दोष रहेको तथा आफूलाई फसाउने षड्यन्त्र भइरहेको दाबी गरेका थिए।

उनले ती महिलाले आफूलाई पैसाको बार्गेनिङ गरेर मुद्दा लगाई फसाउने खोजेको आरोप बानियाँले लगाएका थिए। पीडित शिक्षिकाले दिएको जाहेरीमा आफूले सापटी दिएको 25 लाख रुपैयाँ लिन होटलमा बोलाएको र त्यही होटलमा बिहानीपख जबरजस्ती करणी गरेको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...