काठमाडौं, 17 फरवरी 2022
नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतका लागि पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार एक समारोहका साथ आचार्यालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् । यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले गत माघ १४ गते आचार्यलाई बेलायतको राजदूतमा नियुक्त गरेकी थिइन् । सचिवबाट अवकाश पाएका आचार्य यसअघि संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर काम गरेका व्यक्ति हुन् । शेरबहादुर देउवाले नै २०७४ सालमा प्रधानमन्त्री हुँदा आचार्यलाई प्रमुख आर्थिक सल्लाहकार बनाएका थिए । सो समारोहमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत सरकारका उच्च पदाधिकारीहरुको उपस्थिति थियो ।
विज्ञप्ति










































