HomeFeatureएमसीसी राष्ट्रको हितमा भएकाले यसलाई सदनले टुङ्गो लगाउने: देउवा

एमसीसी राष्ट्रको हितमा भएकाले यसलाई सदनले टुङ्गो लगाउने: देउवा

काठमाडौं, 17 फरवरी 2022

प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसी राष्ट्रको हितमा भएकाले यसलाई सदनले टुङ्गो लगाउने बताउनुभएको छ । बिहीबार बालुवाटारमा कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ पुस्तकको बिमोचन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीका बारेमा पास फेल जे भएपनि जनताका प्रतिनिधिहरूको थलो सदनले नै टुङ्गो लगाउने बताउनुभएको हो । उहाले एमसीसीबारे पर्याप्त अध्ययन नै नगरी आलोचना गरिएको गुनासो गर्नुभयो । अहिले राष्ट्रको पक्षमा बोल्ने बेला आएको भन्दै कांग्रेस सभापति समेत रहेका देउवाले मुलुकको हित बिपरित कांग्रेसले कुनै काम नगर्ने जिकिर गर्नुभयो । उहाले पक्षमा उभिन डराउनुपर्ने कुनै कारण आफुले नदेखेको बताउनुभयो । कार्यक्रममा कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय हितका बिषयमा अरुको कुरा नसुनी सरकारले उचित कदम चाल्नुपर्ने बताउनुभयो । उहाले बालुवाटारमा एउटा खुमलटारमा अर्को कुरा गर्न कांग्रेसले नमिल्ने धारणा राख्नुभयो । त्यस्तै पुस्तकका लेखक एवं कांग्रेस नेता अर्जुन नरसिंह केसीले छिमेकी मुलुकसंगको सम्बन्ध सन्तुलित पार्ने क्षमता कांग्रेससंग मात्र रहेको बताउनुभयो । केसीद्वारा लिखित पुस्तकमा सिद्धान्त तथा नीतिको परिचय सहितको कांग्रेसको इतिहासका बारेमा व्याख्या गरिएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...