काठमाडौं, 18 फरवरी 2022
प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच एमसीसी र पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा छलफल भएको छ । एमसीसी अनुमोदनको विषयलाई लिएर सत्तागठबन्धनबिच सहमति हुन नसकेका बेला बिहीबार बेलुका देउवा र ओलीबीच ओली निवासमा झन्डै डेढ घण्टा छलफल भएको हो । छलफलमा के कुरा भयो भन्ने दुबै नेताहरुले बाहिर ल्याउन चाहेका छैनन् । ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले दुई नेताबिच शुक्रबार पुन छलफल हुने जानकारी दिनुभयो ।









































