HomeFeatureअष्ट्रेलियाले खोल्यो २ वर्षपछि अन्तर्राष्ट्रिय सीमा

अष्ट्रेलियाले खोल्यो २ वर्षपछि अन्तर्राष्ट्रिय सीमा

काठमाडौं, 21 फरवरी 2022

अन्तर्राष्ट्रिय यात्रुका लागि अष्ट्रेलियाले झण्डै दुई वर्षपछि सीमा खुला गरेको छ । योसँगै पूर्ण कोभिड खोप लगाएका अन्तर्राष्ट्रिय यात्रु अष्ट्रेलिया प्रवेश गर्न पाउने भएका छन् । अष्ट्रेलियाले कोभिड-१९ का कारण २०२० को मार्चदेखि अन्तर्राष्ट्रिय यात्रामाथि विश्वकै कडा प्रतिबन्ध लगाएको थियो । तर सीमा पुन: खुल्ने भएपछि पारिवारिक पुनर्मिलन हुने र पर्यटनलाई बल पुग्ने संचार माध्यमले जनाएको छ । सीमा खुला भएसँगै अष्ट्रेलियाको एक राज्यबाहेक सबै राज्यमा अबदेखि अन्तर्राष्ट्रिय यात्रु प्रवेश गर्न पाउने छन् । पश्चिमी अष्ट्रेलियामा भने ३ मार्चपछि मात्रै प्रवेश गर्न पाउने र प्रवेश गर्नेले कोभिड खोपको तेस्रो मात्रा लगाएको हुनुपर्ने छ । पूर्ण खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुले क्वारेन्टाइनमा बस्न नपर्ने भएको छ । तर खोप नलगाएका यात्रुले भने आफ्नै खर्चमा १४ दिनसम्म होटेलमा क्वारेन्टाइनमा बस्नु पर्ने सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...