काठमाडौं, 21 फरवरी 2022
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण गठबन्धन तलमाथि नहुने स्पष्ट पार्नुभएको छ । सोमबार सिंहदरबारमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको भेटवार्ताका क्रममा उहाले गठबन्धन नटुट्ने बताउनुभएको हो । बैठकपछि प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाका बारेमा पौडेलसंग छलफल भएको र एमसीसीलाई सदनले टुङ्गो लगाउने भएकाले केहि भन्न नसक्ने तर गठबन्धन भने केहि नहुने बताउनुभयो । त्यस्तै छलफलपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले यथास्थीतिमा एमसीसीलाई पारित गर्न नसकिने बताउनुभएको थियो । यसलाई संशोधन गर्न सके त्यसलाई अघि बढाउनुपर्ने आफुले सुझाव दिएको उहाले बताउनुभयो । कांग्रेस नेता रामचन्द्र पौडेलले मुलुकलाई निकास दिन सवै मिलेर अघि बढ्नुपर्ने आफ्नो जोड रहेको बताउनुभयो । उहाले एमसीसीलाई सफल बनाउन छलफल चलाएको जानकारी दिनुभयो । एमसीसी अनुमोदनका लागि समर्थन जुटाउन पौडेलले एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायत दलका शीर्ष नेताहरुसँगको भेटघाट गर्नुभएको हो ।









































