HomeFeatureकाठमाडौं महनगरपालिकाद्वारा काठमाडौंका ए डिभिजन क्लवलाई सहयोग रकम हस्तान्तरण

काठमाडौं महनगरपालिकाद्वारा काठमाडौंका ए डिभिजन क्लवलाई सहयोग रकम हस्तान्तरण

काठमाडौं, 23 फरवरी 2022

काठमाडौं महनगरपालिकाले काठमाडौंका ए डिभिजन क्लवलाई सहयोग रकम हस्तान्तरण गरेको छ । पछिल्लो दुई बर्षदेखि महानगरपालिकाले आफ्नो क्षेत्रमा रहेका ए डिभिजन क्लवलाई १०–१० लाख रुपैयाँ सहयोग गर्दै आएको छ । जसलाई निरन्तरता दिँदै काठमाडौंका पाँच क्लवलाई १०–१० लाख रुपैयाँ हस्तान्तरण गरेको हो । महानगरले संकटा क्लव, मनाङ मस्र्याङ्दी, हिमालयन शेर्पा, न्युरोड टिम एनआरटी र मच्छिन्द्र क्लवलाई रकम हस्तान्तरण गरेको हो ।अघिल्लो सिजनमा काठमाडौंमा रहेका ६ क्लवलाई महानगरपालिकाले रकम दिएको थियो । तर सरस्वती क्लव बी डिभिजनमा झरेपछि यो पटक पाँच क्लवले सो रकम पाएका हुन् । कार्यक्रममा काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्यले फुटबल क्षेत्रलाई प्रोत्साहन गर्नका लागि महानगरले सहयोग गरेको बताउनुभयो । त्यस्तै एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले क्लवहरुको खर्च बढ्दै गएको र लिग महङ्गो हुदै गएको अवस्थामा महानगरको योगदानले क्लवहरुलाई थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाले नेपालको फिफा बरियतामा सुधार हुँदै गएको भन्दै आगामी दिनमा यसलाई सुधार गर्न प्रयास गर्ने धारणा राख्नुभयो । महानगरले चाँडै बी र सी डिभिजनका क्लवलाई पनि सहयोग गर्ने भएको छ । अहिले यसका लागि कागजी प्रक्रिया अगाडी बढाइएको महानगरले जनाएको छ । जसमा बी डिभिजनका क्लवलाई पाँच लाख र सी डिभिजनकालाई दुई लाख रुपैयाँ दिने महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...