HomeFeatureप्रवासी नेपाली एकता मंच वसइ बिरार नगर समितिको सम्मान कार्यक्रम सम्पन्न

प्रवासी नेपाली एकता मंच वसइ बिरार नगर समितिको सम्मान कार्यक्रम सम्पन्न

दिल्ली, 25 फरवरी 2022

प्रवासी नेपाली एकता मंच (भारत )महाराष्ट्र गुजरात संयुक्त राज्य समिति अन्तर्गत वसइ बिरार नगर समितिले सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम 24 फरवरी 2022 का दिन आयोजनागरेको हो। नेशनल लाईभ टी.भी.लाई प्राप्त जानकारी अनुसार सम्मान कार्यक्रम नगर समिति  अध्यक्ष प्रेम जैसिको अध्यक्षतामा र सन्चालक सहसचिव  तिर्थराज ढकाल ले गर्नु भएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष महेश न्यौपाने ले गर्नु भएको थियो। सम्मान कार्यक्रमको प्रमुख अथिती  केन्द्रिय (वरिष्ठ )उपाध्यक्ष भिम ब. भण्डारी विशेष अथितिमा केन्द्रिय सदस्य जनक तिमिल्सैना रहनु भएको थियो । अथितिमा महाराष्ट गुजरात संयुक्त राज्य समितीका (वरिष्ठ )उपाध्यक्ष धनबहादुर कडाएत ,महाराष्ट गुजरात सयुक्त राज्य समितिका उपाध्यक्ष  हंसराज तिमिल्सैना  राज्य समिति सदस्य बिष्णु प्रसाद तिमिल्सैना ,टेकराज गिरि ,दिलिप नेपाली , वसइ बिरार नगर समितिका इन्चार्ज तथा राज्यका सदस्य भरत बजगाई  वसैइ बिरार नगर समितीका सल्लाहकार अर्जुन तिमिल्सैना उपस्थित हुनुहुन्थ्यो  केन्द्रमा र राज्य मा मनोनीत हुनु भएका नेता कार्यक्रता हरुलाइ प्रमुख अतिथि  भन्डारी ले प्रवासी नेपाली हरुलाइ आइपर्ने समस्याको समाधानको लागि कठिबद्ध भएर लाग्नुहोला भन्दै  बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रममा नेकपा एमाले लाई परित्याग गरि मंचमा प्रवेश गर्नुहुने विद्यार्थी संगठन अनेरास्वबीयु दैलेख जिल्ला सचिवालय सदस्य विशाल खनाल र कैलाली जिल्ला लम्की चुहा नगर पालीका मोतीपुर निवासी नवराज तिमिल्सैना लाई फुलमाला र अवीर सहित स्वागत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...