HomeFeatureफुटबलमा जावलाखेल युथ क्लब र संकटा क्लब तथा थ्री स्टार र ब्रिगेड...

फुटबलमा जावलाखेल युथ क्लब र संकटा क्लब तथा थ्री स्टार र ब्रिगेड ब्वाइज बराबरीमा

काठमाडौं, 25 फरवरी 2022

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लब र संकटा क्लब तथा थ्री स्टार र  ब्रिगेड ब्वाइजले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार जावलाखेल र संकटाले १–१ गोलको बराबरी खेलेको हो ।प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने जावलाखेलले बनाएको थियो । तर, त्यसलाई जावलाखेलले जोगाउन सकेन । खेलको १४ औं मिनेटमा सुनिल खड्काले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ६१ औं मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई १(१ गोलको बराबरीमा ल्याए । सुबाश गुरुङको कर्नरमा उनले हेडर मार्फत गोल गरे । यस बराबरीसँगै जावलाखेलले १३ खेलमा १४ अंक जोडेर सिजनको अन्त्य गरेको छ । संकटाले १३ खेलमा १६ अंक सहित सिजनको अन्त्य गरेको छ । त्यस्तै एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार थ्री स्टारले पनि ब्रिगेडसँग १–१ गोलको बराबरी खेलेको हो । ब्रिगेडले बनाएको सुरुआती अग्रता उल्टाएर थ्री स्टारले बराबरी खेलेको हो । खेलको इन्जुरी समयमा डोना थापाले गोल गरेपछि थ्री स्टार हारबाट जोगिएको हो । त्यसअघि प्रशान्त तामाङले गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६ औं मिनेटमा प्रशान्तले गोल गरेका थिए । बराबरीसँगै थ्री स्टारले १३ खेलमा १९ अंक जोडेको छ । ब्रिगेड १३ खेलमा ८ अंक जोडेर १३ औं स्थानमा रहेको छ । ब्रिगेड यस सिजन रेलिगेसनमा परिसकेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...