HomeFeatureमाओवादी नेकपा समाजवादी छलफल

माओवादी नेकपा समाजवादी छलफल

काठमाडौं, 26 फरवरी 2022

सत्तारुढ गठबन्धनका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन नभत्किनेगरि एमसीसीमा सहमति खोज्ने प्रयास जारी राखेका छन् । शनिबार सिंहदरबारमा दुई दलका प्रमुख नेताहरुबीच गठबन्धनलाई जारी राख्ने र एमसीसीमा सहमति जुटाउन छलफल भएको हो । छलफल पछि माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले एमसीसीमा सहमतिको बाटो खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो । उहाले समस्याको समाधान हुनेगरि छलफल भइरहेको समेत बताउनुभयो । प्रचण्डले गठबन्धन नटुट्ने दावी गर्नुभयो । त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले यथास्थीतिमा एमसीसी पारित गर्न नसक्ने अडान कायम रहेको बताउनुभयो । एमसीसीको मुद्धाले धेरै बिषयलाई असर पार्ने भएकाले संसदमा हुने निष्कर्षले नयाँ घटनाक्रम पैदा हुने उहाको भनाई छ । उहाले एमसीसीलाई गठबन्धनसंग जोड्न नहुने तर्क गर्नुभयो । त्यस्तै माओवादी नेता नारायणकाजी श्रेष्ठले एमसीसीमा मध्यमार्गीका बिषयमा कुनै छलफल नभएको बताउनुभयो । उहाले मुलुकको हित बिपरितका प्रावधानलाई नसच्चाएसम्म एमसीसीलाई पारित गर्न नसकिने निर्णय कायमै रहेको जानकारी दिनुभयो । एमसीसीका बारेमा मतभेद भएपछि गठबन्धन घटक दलहरु आन्तरिक छलफलमा व्यस्त भएका हुन् । एमसीसीका कारण दुई पटक स्थगीत गरिएको प्रतिनिधिसभाको बैठक आइतबार नै बस्दैछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...