HomeFeatureत्रिभुवन आर्मी क्लबद्वारा ’ए’ डिभिजन लिग फुटबलमा दोस्रो स्थान हासिल

त्रिभुवन आर्मी क्लबद्वारा ’ए’ डिभिजन लिग फुटबलमा दोस्रो स्थान हासिल

काठमाडौं, 26 फरवरी 2022

त्रिभुवन आर्मी क्लबले कतार एयरवेज सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा दोस्रो स्थान हासिल गरेको छ । आफ्नो अन्तिम लिग खेलमा शनिबार मनाङ मर्स्याङ्दी क्लबसँग १–१ गोलको बराबरी खेलेपछि आर्मीले दोस्रो स्थान हासिल गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा सुरुआती अग्रता भने मनाङले बनाएको थियो । खेलको ४५ औं मिनेटमा कप्तान अन्जन विष्टले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । तर, खेलको ७६ औं मिनेटमा मनाङका डिफेन्डर फ्रान्कलिन कुएटाले आत्मघाती गोल गरेपछि आर्मीले १–१ गोलको बराबरी गरेको हो । यस बराबरीसँगै आर्मीले १३ खेलमा २३ अंक जोड्यो । र, आर्मी लिगको उपविजेता बन्यो । न्युरोड टिम एनआरटीसँग अंक बराबरी  भएपनि हेड टु हेडमा आर्मी अघि रहेको हो । लिगमा अपराजित रहेको आर्मीले यस सिजन ५ जित र ८ बराबरी खेल्यो । मनाङले १३ खेलमा २१ अंक जोड्यो । मनाङले पाँचौं स्थानमा रहदै लिगको अन्त्य गरेको छ ।  मनाङले ६ जित ३ बराबरी र ४ हार व्यहोर्यो । त्यस्तै न्युरोड टिम एनआरटीले लिगको आफ्नो अन्तिम खेलमा जित निकालेको छ । शनिबार भएको खेलमा एनआरटीले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले हराएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक गोलको अग्रता उल्टाएर एनआरटीले जित निकालेको हो । एनआरटीलाई जित दिलाउन मेसुके ओलोमोउले ह्याट्रिक गोल गरे । खेलको १२ औं मिनेटमा एनआरटीका डिफेन्डर शिव गुरुङले आत्मघाती गोल गरेपछि पुलिसले अग्रता बनाएको हो । तर, खेलको ४७ औं मिनेटमा मेसुकेले गोल गर्दै एनआरटीलाई १–१ को बराबरीमा ल्याए । खेलको ६२ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २–१ को अग्रता दिलाए ।  त्यसपछि खेलको ८३ औं मिनेटमा मेसुकेले ह्याट्रिक पूरा गर्दै एनआरटीलाई ३–१ को जित दिलाए ।  यस जितसँगै एनआरटीले तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको छ । एनआरटीले १३ खेलमा २३ अंक जोड्यो ।   पुलिसले १३ खेल १२ अंक जोड्यो । पुलिस ११ औं स्थान रह्यो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...