HomeFeatureनेपालको लागि नेपालीले व्यवस्था परिवर्तनको लागि भोलिदेखि काठमाडौंमा आन्दोलन गर्ने घोषणा

नेपालको लागि नेपालीले व्यवस्था परिवर्तनको लागि भोलिदेखि काठमाडौंमा आन्दोलन गर्ने घोषणा

काठमाडौं, 28 फरवरी 2022

नेपालको लागि नेपालीले  अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनको विरोध र देशको व्यवस्था परिवर्तनको लागि आन्दोलन गर्ने घोषणा गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मुलुकको परिवर्तनको लागि मंगलबार काठमाडौंस्थित गौशला बत्तिसपुतलीमा एमसीसी खारेज र व्यवस्था परिवर्तनको लागि आन्दोलन गर्ने बताएको हो । अभियानले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन निरन्तर जारी रहने बताईएको छ । आन्दोलन देशको हित र परिवर्तनको लागि भएकोले सम्पुर्ण देशभक्त, राष्ट्रवादीहरुलाई उपस्थित हुन आग्रह गरिएको छ । कार्यक्रममा अधिवक्ता डा.सुरेन्द्र भण्डारीले जनताले विश्वास गरेर मत दिएकाहरुबाट नै आज देशले धोका पाएको टिप्पणी गर्नुभयो । भण्डारीले संविधानअनुसार संसदमा उपस्थित बहुमतबाट एमसीसी पारित हुनुपर्नेमा सभामुखले कति पक्षमा र कति विपक्षमा छन् भनेर प्रष्ट पार्न नसकेको भन्दै अनुमोदन भएको एमसीसीको कुनै वैधानिकता नहुने पनि दाबी गर्नुभयो । एमसीसी पास गर्नुपर्ने क्रममा १२ बुँदाको व्याख्यात्मक घोषणा वा टिप्पणीको पनि कुनै अन्तर्राष्ट्रिय कानुनमा अर्थ नहुने डा.भण्डारीले ठोकुवा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...