HomeFeatureएमसीसी पारित भएसंगै मुलुक दुर्घटनाबाट बचेयो: प्रचण्ड

एमसीसी पारित भएसंगै मुलुक दुर्घटनाबाट बचेयो: प्रचण्ड

काठमाडौं, 28 फरवरी 2022

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पारित भएसंगै मुलुक दुर्घटनाबाट बचेको बताउनुभएको छ । सोमबार खुलमटारमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले शान्ति प्रक्रिया, संविधान र लोकतन्त्र खतरा पर्ने देखेपछि एमसीसी पारित गर्न सहमति जनाएको भन्दै मुलुक दुर्घटनाबाट बचेको बताउनुभएको हो । एमसीसी अनुमोदन भएसँगै गठबन्धन र सरकार जोगिएको र अब सरकारको ध्यान चुनाव गराउनेमा केन्द्रित रहने उहाले बताउनुभयो । त्यस्तै प्रचण्डले एमसीसी ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाले एमसीसीलाई संसदबाट संकल्प प्रस्ताव पारित गर्ने नेकपा हुदा नै प्रस्ताव गरेको तर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको आरोप पनि लगाउनुभयो । प्रचण्डले पहिले अमेरिकाले नेपाललाई ठूलो सहायता दिने भयो भनेर सबै खुसी भए पनि नेकपाको सरकार बनेपछि अनेक विषय आउँदा गिजोलिएको धारणा पनि राख्नुभयो । प्रचण्डले संसदबाट पारित गरिएको व्याख्यात्मक टिप्पणी अन्तर्राष्ट्रिय कानून अनुसार एमसीसीको अंग बन्ने दावी गर्नुभयो । एमसीसी विगतमा महाकाली सन्धिबारेको संकल्प प्रस्तावजस्तो हल्का नभएको उहाको भनाई छ । प्रचण्डले व्याख्यात्मक टिप्पणीबारे अमेरिकी दूतावासबाट पनि सकारात्मक संकेत आएको जिकिर गर्नुभयो । अमेरिकाले व्याख्यात्कम घोषणा नमाने एमसीसी खारेज हुने पनि उहाले बताउनुभयो । त्यस्तै उहाले एमसीसीको विरोध गनेवित्तिकै सबै जनताको सहानुभूति पाइने ठानेर पार्टीका केही नेताहरुले विरोध गरिरहेको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...