दिल्ली, 28 फरवरी 2022
सोमबार पाँचौं दिन पनि युक्रेनमा रुसको बमबारी जारी छ । युद्ध अन्त्य गर्न दुवै देश बेलारुसमा वार्ता गरिरहेका छन्। वार्ता अघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने–हामीले यो वार्ता सफल हुने अपेक्षा गर्दैनौं तर शान्तिका लागि प्रयास गर्दा कुनै हानि छैन । वार्ता सुरु हुनुअघि युक्रेनले रुसलाई युक्रेनको सीमाबाट आफ्नो सेना फिर्ता गर्न आग्रह गरेको थियो । अर्कोतर्फ बेलारुसले रुसलाई सहयोग गर्न युक्रेनमा सेना पठाउने तयारी गरिरहेको छ ।









































