दिल्ली, 1 मार्च 2022
प्रवासी नेपाली संघ मुलुन्ड नगर समितिले बैठक तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। प्र. ने. सं भारत महाराष्ट्र राज्य समिति अन्तर्गत मुलुन्ड नगर समितिको बैठक तथा भेटघाट कार्यक्रम स्वामी समर्थ गार्डन मुलुन्ड पूर्वमा सम्पन्न गरेको हो । नेशनल लाईभ टिभीलाई प्राप्त जानकारी अनुसार मोहन मल्लको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि केन्द्रिय समितिका उपाध्यक्ष डम्बर रावल रहेका थिए अन्य अतिथिहरुमा केन्द्रिय सचिवालय सदस्य टेक रावल “भीजन” केन्द्रिय सदस्य तथा महाराष्ट्र राज्य संयोजक सुरेश बोहरा थिए भने बैठकको संचालन नगर समिति सचिव गोविन्द विकले गरेका थिए। बैठकलाई मार्गदर्शन गर्दै डम्बर रावलले प्रवासी नेपालीहरुलाई भारत प्रवासमा आइपर्ने समस्याहरु हल गर्न सबै मिलेर संगठनमा आबद्ध भएर, एक-अर्का-लाई सहयोग गरेर मात्र सम्भव हुने कुरा बताए। उनले भने निकट समयमै प्रारम्भिक समितिका सम्मेलन सम्पन्न गरेर नगर सम्मेलन सम्पन्न गर्न सबै सक्रिय हुन आग्रह गरे। उनले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता खारेजीका लागि प्रत्येक देशभक्त जनताले सशक्त आवाज उठाउनु पर्ने कुरामा जोड दिए। बैठकमा नगर समिति कोषाध्यक्ष, कल्पना रेग्मीले प्रमुख अतिथि लगायत अतिथिहरुलाई सम्मान गरिन । नेकपा एमालेका तत्कालीन नेता तथा मन्त्री स्वर्गिय रवीन्द्र अधिकारीको तेस्रो स्मृति दिवस भएकोले उनले गरेका कार्यको स्मरण गर्दै उहाँको विचारलाई सम्मान गर्दै उहाँ प्रति भावपूर्ण श्रद्धासुमन गरियो।









































