HomeFeatureएमसीसी राष्ट्रको हित प्रतिकूल नहुनेगरी कार्यान्वयन हुनुपर्ने: एमाले

एमसीसी राष्ट्रको हित प्रतिकूल नहुनेगरी कार्यान्वयन हुनुपर्ने: एमाले

काठमाडौं, 1 मार्च 2022

प्रमुख प्रतिपक्षी नेकपा एमालेले एमसीसी परियोजना सम्बन्धी सम्झौता संसदबाट पास भइसकेको भन्दै राष्ट्रको हित प्रतिकूल नहुनेगरी कार्यान्वयन हुनुपर्ने जनाएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्दै एमालेले सम्झौता गरिसकेपछि कार्यन्वयनमा लाग्‍नुपर्ने भएकाले यसमा राष्ट्रको हितलाई ध्यान दिनुपर्ने जनाएको हो । एउटा सरकारले दातृ राष्ट्र वा निकायसँग गरेको सहमति वा सम्झौता अर्को सरकारले उपयुक्त कारण वा प्रक्रियाविनै रद्ध गर्ने हो भने त्यस्ता राष्ट्रपति विश्वासको संकट उत्पन्न हुन जाने एमालेको भनाई छ । एमालेले पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुने समेत जनाएको छ । त्यस्तै एमालेले एमसीसीको विषयमा प्रतिनिधिसभामा प्रस्तुत व्याख्यात्मक टिप्पणीलाई भ्रमको खेती भएको तर्क गरेको छ । गठबन्धनका केही दलहरुले एमसीसी सम्झौता राष्ट्रघाती भन्दै कार्यकर्ता भड्काउने र जनतामा अन्यौल सिर्जना गर्ने कार्य गर्दैं विशाक्त प्रचारवाजी गरेको पनि एमालेले जनाएको छ । पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सम्झौता आफूहरुले नगरेको र संसदबाट अनुमोदन गर्दा पनि अनुचित ढंगले अलग राखिएको गुनासो गर्नुभयो । एमसीसी कार्यान्वयन गर्दा राष्ट्रिय हिको प्रत्याभूति हुनुपर्ने उहाले बताउनुभयो । विरोधका बाबजुद पनि संसदन चलाएको भन्दै ओलीले त्यो संसदीय मर्यादाबाहिर रहेको समेत टिप्पणी गर्नुभयो । उहाले एमसीसीका नाममा कांग्रेसले पार्टीहरूका बीचमा खेल्न खोजेको भन्दै आगामी दिनमा पनि त्यस्तै गरे आफूले पनि बाध्य भएर कदम चाल्ने चेतावनी दिनुभयो । ओलीले कांग्रेस र एमाले लोकतन्त्रको पक्षमा एक हुनुपर्ने धारणा पनि राख्नुभयो । उहाले एमसीसीमाथिको छलफलमा भाग लिएर भीम  रावलले अनुशासनहिन काम गरेको बताउनुभयो । रावलले आत्मकेन्द्रित, आत्मप्रचारक भएर अनुचित र अनुशासनहिन क्रियाकलाप गरेको उहाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...