HomeFeatureएमसीसीलाई लिएर अनेक शंका भएपनि व्याख्यात्मक घोषणापछि ढुक्क भएको : नेपाल

एमसीसीलाई लिएर अनेक शंका भएपनि व्याख्यात्मक घोषणापछि ढुक्क भएको : नेपाल

काठमाडौं, 1 फरवरी 2022

नेकपा एकीकृत समाजवादीले एमसीसीसँगै अनुमोदनको गरिएको व्याख्यात्मक घोषणाले देशलाई अप्ठ्यारो अवस्थामा पुर्याउनेबाट रोकिएको दाबी गरेको छ ।  एमसीसी पारित भएपछि पार्टीको धारणा सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा एकीकृत समाजवादीले एमसीसीले उत्पन्न गराएको जटिलता र संशयपूर्ण क्रियाकलापलाई व्याख्यात्मक घोषणाले अन्त्य गरेको दावी गरेको हो । पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले इन्डो प्यासेफिक स्ट्राटेजी आईपीएसमा नेपाललाई सहभागी गराउने कार्य नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रित्व कालमा भएको आरोप लगाउनुभयो । उहाले जनता सडकमा उत्रेको नभए एमसीसी जस्ताको तस्तै पारित हुने खतरा रहेको उल्लेख गर्नुभयो ।  अध्यक्ष नेपालले नेपाल सदैव स्वतन्त्र र असंलग्न परराष्ट्रको नीतिमा अघि बढ्न चाहेको बताउनुभयो । उहाले एमसीसीमाथिको व्याख्यात्मक घोषणाले यससम्बन्धी सवै भ्रम चिर्ने काम भएको जिकिर गर्नुभयो । अध्यक्ष नेपालले एमसीसी पारित गर्न कांग्रेस लागि परेको अवस्थामा गठबन्धनलाई  रोक्न आफुले मुख्य भूमिका निभाएको पनि दावी गर्नुभयो । आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको भएपनि आफुहरुले सवै षड्यन्त्र समाप्त पारिदिएको उहाको भनाई छ । अध्यक्ष नेपालले एमसीसीलाई लिएर अनेक शंका भएपनि व्याख्यात्मक घोषणापछि ढुक्क भएको बताउनुभयो । उहाले सभामुखले संसदको गरिमाको रक्षा गरिरहेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...