HomeFeatureभारत र चीन लगाएत कुनै पनि मित्र राष्ट्रबिरुद्ध नेपाली भूमि प्रयोग हुन...

भारत र चीन लगाएत कुनै पनि मित्र राष्ट्रबिरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने सरकारको प्रतिवद्धता

काठमाडौं, 2 फरवरी 2022

सरकारले भारत र चीन लगाएत कुनै पनि मित्र राष्ट्रबिरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी अनुमोदन गराउन सहयोग गर्नु सवै प्रति धन्यवाद व्यक्त गर्दै सबै मुलुकहरुसंग मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने नेपालको परराष्ट्र नीतिको मर्म अनुरुप छिमेकी मित्र राष्ट्रहरु भारत एवं चीन लगाएत कुनै पनि राष्ट्रबिरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिवद्धत व्यक्त गरको जानकारी दिनुभयो । बैठकले पेट्रोलियम पदार्थ र ग्यासका बिषयमा नेपाल भारतबीचको तेश्रो बैठक आपसी सझदारीबाट गर्ने र उक्त बैठकमा सहभागी हुन उद्योग मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ । त्यस्तै बैठकले बिभिन्न प्रसारण लाईन आयोजनका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भीक कारवाही चलाउन अधिकारी तोक्ने निर्णय पनि गरेको प्रवक्ता काकीले बताउनुभयो । त्यस्तै मन्त्रीपरिषद्ले खानेपानी महशुल निर्धारण आयोगको अध्यक्षमा भूपेन्द्र प्रसाद अर्याललाई नियुक्त गरेको छ । राजनीतिक पूर्वाग्रह द्धन्द तथा आन्दोलनका कारण हटाइएका शिक्षकहरु तथा कर्मचारीका बिषयमा जाँचबुझ गर्न गठित समितिको निष्कर्ष र राय सुझाव कार्यान्वयनका लागि शिक्षा मन्त्रालयलाई स्वीकृती दिने निर्णय पनि बैठकले गरेको प्रवक्ता कार्कीले बताउनुभयो । मन्त्रीपरिषद्ले राष्ट्रिय राजमार्ग छेउमा पेट्रोल डिजेल तथा एलपी ग्यास फिलिङ स्टेशन स्थापना सम्बन्धी मापदण्ड, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी गर्ने निर्णय गरेको छ भने रेडियोधर्मी नियमावली स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...