HomeFeatureलामो समय बीती सक्दा पनि किन आएन शर्माको एग्रिमो ? 

लामो समय बीती सक्दा पनि किन आएन शर्माको एग्रिमो ? 

दिल्ली, 2 फरवरी 2022

सरकारले  सिफारिस गरेको, लामो समय बीती सक्दा पनि भारतको लागि  सिफारिस गरिएका राजदूत शंकर शर्माका नाममा, सहमति (एग्रिमो) अहिले सम्म पनि भारतले जवाब दिएको छैन। कात्तिक 11 मा शर्मासँगै सिफारिस भएका, ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्री अमेरिकाका लागि राजदूतमा नियुक्त भइसक्दा, भारतबाट भने अहिले सम्म एग्रिमो आएको छैन । एग्रिमो नआउँदा शर्माको नियुक्ति हुन सकेको छैन । सरकारले, संगै सिफारिस गरेका बेलायतका लागि, राजदूत आचार्यको नियुक्ति गत माघ 14 मै भएको थियो । खत्री भने, अमेरिकाका लागि राजदूतमा आइतबार मात्र, नियुक्त भएका हुन् । तर, भारतका लागि सिफारिस गरिएका शर्माको बारेमा भने, अहिले सम्म कुनै सहमति आएको छैन। सरकारले सिफारिस गरेको व्यक्तिलाई संसदीय अनुमोदन र सम्बन्धित देशको कूटनीतिक सहमति ‘एग्रिमो’ पछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने कानुनी व्यवस्था छ । सरकारले कात्तिक 11 मा सिफारिस गरेका आचार्य, खत्री र शर्माको संसदीय सुनुवाइ मंसिर 22 मा गरिएको थियो । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि मंसिर 24 (डिसेम्बर 10) मा परराष्ट्र मन्त्रालयले सम्बन्धित देशहरूलाई ‘एग्रिमो’ का लागि पत्राचार गरेको थियो । देउवा मन्त्रिपरिषदले भारत, अमेरिका र बेलायतलाई उच्च प्राथमिकतामा राख्दै राजदूत सिफारिस गरेको थियो । रिक्त अन्य मुलुकमा भने अहिलेसम्म पदपूर्ति  प्रक्रिया अघि बढाइएको छैन । भारतका लागि सिफारिस गरिएका, शर्मा राष्ट्रिय योजना आयोगका, पूर्व-उपाध्यक्ष र अमेरिकाका लागि पूर्वराजदूत हुन् । उनी अर्थ-शास्त्रीका रूपमा चिनिन्छन् । दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरू शर्माको ‘एग्रिमो’ आउन ढिलाइ हुनुको कारणबारे अनभिज्ञता प्रकट गर्छन्  राजदूतमा सिफारिस गरिएका व्यक्तिबारे भारतले विभिन्न च्यानलबाट बुझ्ने चलन छ । भारतीय विदेश मन्त्रालयनिकट स्रोतले भन्यो, ‘सुरुमा कोभिडका कारण सूचना संकलनमै ढिलाइ भयो । त्यसपछिका केही घटनाक्रमले एग्रिमो पठाउन ढिलाइ भएको बुझेको छु ।’ ती अधिकारीले व्यक्तिका बारेमा कुनै पनि समस्या नरहेको बताए । ‘विदेश मन्त्रालयले प्रधानमन्त्रीलाई ब्रिफिङ गर्न नभ्याएको हुन सक्छ,’ उनले थपे । अघिल्ला राजदूत नीलाम्बर आचार्यको नाम संसदीय समितिले 2075 मंसिर 23 मा अनुमोदन गरेको थियो । त्यसको दुई महिनाभित्रै माघ 20 मा उनले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । त्यसअघि दीपकुमार उपाध्यायको एग्रिमो एक महिनाभित्रै आएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...