HomeFeatureबिभिन्न साना ६ दल र दुई मोर्चाद्वारा एमसीसी लागू गर्न नदिने भन्दै...

बिभिन्न साना ६ दल र दुई मोर्चाद्वारा एमसीसी लागू गर्न नदिने भन्दै आन्दोलनको घोषणा

काठमाडौं, 2 मार्च 2022

बिभिन्न साना ६ दल र दुई मोर्चाले अमेरिकी सहयोग परियोजना एमसीसी लागू गर्न नदिने भन्दै आन्दोलनको घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले एमसीसी मुलुकको हित बिपरित रहेको भन्दै एमसीसीको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । साना दल र मोर्चाले यही फागुन २० गतेदेखि चैत ६ गतेसम्मका आन्दोलनका कार्यक्रम तय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले जानकारी दिनुभयो । आन्दोलनका कार्यक्रमहरुमा २० गते काठमाडौं उपत्यकामा विशाल प्रदर्शन र विरोध सभा, २२ गते बुद्धिजिविसँग अन्तक्रिया, २४ गते देशव्यापि प्रदर्शन, २६ गते विद्यार्थीहरुले देशभरिका क्याम्पसमा पदर्शन तथा विरोध गर्ने, २८ गते युवाहरुको विरोध प्रदर्शन, ३० गते मजदूरहरुको देशव्यापी विरोध प्रदर्शन रहेको छ । यस्तै चैत २ गते किसानहरुको विरोध प्रदर्शन, ४ गते श्रमिक तथा दलीतको विरोध प्रदर्शन, ६ गते राािष्ट्रय मोर्चा क्षेत्रीय र जातीय मोर्चाहरुले विरोध प्रदर्शन गर्ने बताइएको छ । पत्रकार सम्मेलनमा नेकपा प्रवक्ता विश्वकर्माले सरकारले संसदीय व्यवस्था विपरित एमसीसी संसदबाट पास गरेको र १२ बुँदे व्याख्यात्मक घोषणा गलत भएको आरोप लगाउनुभयो । सदनबाटै एमसीसी पारित गरेर सरकारले जनताको भावनाबिपरित एमसीसी कार्यान्वयन गर्न खोजेको भन्दै आफुहरुले यसलाई रोक्ने चेतावनी दिनुभयो । एमसीसी आर्थिक परियोजना मात्र नभई सैन्य रणनीतिका लागि आएको १२ बुदेले पुष्टि गरेको उहाले बताउनुभयो । विश्वकर्माले एमसीसी पारित गरेर सरकार र सरकारमा बसेको दलहरुले मुर्खता गरेको भन्दै आफुहरुले यसलाई लागू हुन नदिने चेतावनी दिनुभयो । अव एमसीसीको बिरोधमा जनता उर्लने भन्दै जनताको बलमा एमसीसी लागू हुन नदिने उहाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...