HomeFeatureपारिश्रमिक पुनरावलोकन सिफारिस प्रतिवेदन २०७८ सरकारलाई बुझायो

पारिश्रमिक पुनरावलोकन सिफारिस प्रतिवेदन २०७८ सरकारलाई बुझायो

काठमाडौं, 2 फरवरी 2022

न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारको न्युनतम तलवबृद्धिको सिफारिससहितको श्रमजीवी पत्रकार कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस प्रतिवेदन २०७८ सरकारलाई बुझाएको छ । बुधबार सिंहदरबारमा समितिका अध्यक्ष राजेन्द्र अर्यालले सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रतिवेदन बुझाउदै राष्ट्रिय मिडियाका लागि श्रमजिवी पत्रकारको न्युनतम तलवमापन बृद्धि गर्न सिफारिस गरेको हो । प्रतिवेदनमा श्रमजीवी पत्रकार कर्मचारी एवं कामदारको न्युनतम पारिश्रमिक २५ प्रतिशतका दरले बृद्धिका लागि सिफारिस गरिएको छ । हाल न्युनतम तलव २४ हजार ३ सय ७५ रहेकोमा अव ३० हजार ४ सय ६८ रुपैया बनाउन सिफारिस गरिएको छ । त्यस्तै स्ट्रिन्जरको सवालमा राष्ट्रिय मिडिया र प्रादेशिक मिडियामा कार्यरत पत्रकार, कर्मचारी र कामदारका लागि २५ प्रतिशत र दुगर्म क्षेत्रका स्ट्रिन्जरलाई थप २० प्रतिशत बृद्धिको सिफारिस गरिएको छ । त्यसैगरि समितिले सवै सञ्चारमाध्यमको बर्गीकरण गरि वर्गीकरणका आधारमा न्यूनतम पारिश्रमिक तोक्न र कार्यान्वयन गर्न पनि सिफारिस गरेको छ । प्रतिवेदन बुझ्दै सञ्चार मन्त्री कार्कीले समितिको प्रतिवेदनको अध्ययन गर्ने र सरकारले आवश्यक निर्णय गर्ने बताउनुभयो । त्यस्तै समितिलाई साधन स्रोत सम्पन्न बनाई कार्याधिकार क्षेत्र बढाउनुका साथै समितिको नाम परिवर्तन गरि पारिश्रमिक निर्धारण तथा अनुगमन बोर्ड बनाउन पनि सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...