दिल्ली, 2 मार्च 2022
संस्थापक नेता भनेर चिनिने रमेश खड्कालाई जसपा निकट प्रगतिशील नेपाली समाज समितिले सम्मानित गरेको छ। नेशनल लाईभ टिभीलाई गोवाबाट लोकेन्द्र शेर्पालीले दिएको जानकारी अनुसार जसपा निकट प्रगतिशील नेपाली समाज समिति भारतका केन्द्रीय सल्लाहकार गोवा प्रदेश उपाध्यक्ष रमेश खड्कालाई प्रगतिशीलले दोसल्ला ओढाएर सम्मानित गरेको छ । संगठनका केन्द्रीय महासचिव लोकेन्द्र सेर्पाली, गोवा प्रदेश समिति अध्यक्ष धनबहादुर श्रीपाली, सचिव अर्जुन कार्कीले उनको निवासमै गएर उनलाई सम्मान गरेका हुन । खड्का भारत गोवामा संस्थापक नेता भनेर चिनिन्छन् । उनी विगत ३० वर्ष देखि संगठनमा आबद्ध छन् ! गोवामा नेपाली संगठन निर्माण गर्नमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । उनको नेपाल घर तुल्सीपुर उपनगरपालिका बेल्वामा रहेको छ । दुई सन्तानका अभिभावक रहेका उनको पुर्खौंली घर सल्यान छत्रे-शवरीमा पर्छ । आगामी दिनमा पार्टी संगठनको काम नेपालमै गर्ने चाहाना रहेको उनी बताउँछन् ।









































