HomeFeatureएनएसएलको साविक विजेता टिम काठमाडौं रेजर्सद्वारा बाल गोलपाल महर्जनलाई मुख्य प्रशिक्षकमा नियुक्त

एनएसएलको साविक विजेता टिम काठमाडौं रेजर्सद्वारा बाल गोलपाल महर्जनलाई मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं, 3 मार्च 2022

नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता टिम काठमाडौं रेजर्सले बाल गोलपाल महर्जनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । बिहीबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनका क्रममा काठमाडौंले एनएसएलको दोस्रो संस्करणका लागि बाल गोपाललाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको हो । यस्तै काठमाडौंले गोलरक्षक विकेश कुथुसँग मार्की खेलाडीको रुपमा सम्झौता नविकरण गरेको छ । पहिलो संस्करणको उपाधि काठमाडौंले जित्दा विकेश कप्तान र बाल गोपाल नै प्रशिक्षक रहेका थिए । पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक महर्जनले सम्पूर्ण टिम उपाधी जित्ने लक्ष्यका साथ तयारी गर्ने बताउनुभयो । त्यस्तै मार्की खेलाडी विकेश कुथुले यसपटक पनि आफ्नो टीमले नै उपाधी जित्नका लागि सम्पूर्ण शक्ति लगाउने बताउनुभयो । एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुनेछ ।  दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरु पोखरा र काठमाडौंमा हुनेछ । पहिलो संस्करण दशरथ रंगशालामा आयोजना भएको थियो भने उपाधी काठमाडौं रेजर्सले नै जितेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...