HomeFeatureएमसीसी सम्झौताविरुद्ध संयुक्त जनआन्दोलनले काठमाडौंमा बृहत विरोधसभा गर्ने

एमसीसी सम्झौताविरुद्ध संयुक्त जनआन्दोलनले काठमाडौंमा बृहत विरोधसभा गर्ने

काठमाडौं, 3 मार्च 2022

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताविरुद्ध संयुक्त जनआन्दोलनले काठमाडौंमा बृहत विरोधसभा गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनआन्दोलनले एमसीसीविरुद्ध काठमाडौंको इन्द्रचोकमा फागुन २३ गते साढे १ बजे हुने विरोध सभामा सहभागी हुन आव्हान गरेको छ । संयुक्त जनआन्दोलनले एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन जारी राख्ने पनि जनाएको छ ।  पत्रकार सम्मेलनमा नेकपा मालेका नेता सिपी मैनालीले एमसीसी जनताको पक्षबाट असफल भएपनि संसदबाट स्वीकृत भएकोमा आपत्ति जनाउनुभयो । अमेरिकाले कुनै पनि हालतमा एमसीसी सम्झौता संशोधन गर्न मन्जुर नभएको  पटक–पटक जानकारी दिँदै आएको र व्याख्यात्मक टिप्पणीको अन्तराष्ट्रिय अर्थ नभएकोले जनताको आँखामा हाल्ने छारो मात्र भएको मैनालीले जिकिर गर्नुभयो ।  संसदबाट  पास गरेको व्याख्यात्मक घोषणा पत्रलाई नेता मैनालीले कथित व्याख्यात्मक घोषणाको संज्ञा दिनुभयो । त्यस्तै उहाले व्याख्यात्मक घोषणासहित संसदबाट जनताले विरोध गर्दागर्दै पनि पारित गरिएको आरोप लगाउनुभयो । स्वस्थ र सैद्धान्तिक ढंगले संसदबाट एमसीसी पारित नगरिएको उहाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...