HomeFeatureदिल्लीस्थित नेपाली राजदूतावासको आग्रहमा भारतले नेपालीलाई फर्काउन सघाउने

दिल्लीस्थित नेपाली राजदूतावासको आग्रहमा भारतले नेपालीलाई फर्काउन सघाउने

दिल्ली, 3 मार्च 2022

नयाँ-दिल्ली-स्थित नेपाली राज-दूतावास-को आग्रहमा भारतले युक्रेनमा रहेका नेपालीलाई अन्य मुलुक हुँदै नेपाल फर्काउन सघाउने भएको छ । नेशनल लाईभ टिभीलाई विशेष सूत्रबाट प्राप्त जानकारी अनुसार नयाँदिल्लीस्थित नेपाली राजदूतावासको आग्रहमा भारतले युक्रेनको सीमा क्षेत्रबाट हंगेरी, रोमानिया, स्लोभाकिया र पोल्यान्डमा पुगेका नेपालीहरूलाई घर फर्काउनको लागि सहयोग गर्ने भएको हो । युक्रेनमा युद्ध चर्कदै गएपछि नेपालले दिल्ली राजदूतावासमार्फत 4 दिन अघि नै सहयोग गरिदिन भारतलाई पत्राचार गरेको थियो । नेपालको आग्रहअनुसार भारतले नेपाली नागरिकहरूलाई पनि उद्धार गरिदिने भएको हो । कार्यवाहक राजदूत, रामप्रसाद सुवेदीका अनुसार दूतावासले आग्रह गरेकोले भारतले युक्रेन वरपर रहेका पड़ोसी देशमा पुगेका नेपाली नागरिक-हरुलाई उद्धार गरिदिन लागेको हो । नेपालको जर्मनी-स्थित नेपाली राजदूत रामकाजी खड्का पनि नेपालीहरु भएको क्षेत्रमा पुग्नु भएको छ,’ कार्यवाहक राजदूत सुवेदीले भने । उनले ती मुलुकहरुमा युक्रेनबाट आएका नेपालीहरुलाई भारतीय समुदाय भएको स्थानमा बस्न पनि आग्रह गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...