HomeFeatureयुएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टु का लागि नेपाली राष्ट्रिय टीमको...

युएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टु का लागि नेपाली राष्ट्रिय टीमको विदाइ

काठमाडौं, 4 मार्च 2022

युएईमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टु का लागि नेपाली राष्ट्रिय टीमको विदाइ गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली टीमलाई बिदाई गर्नुभयो । नेपाली टीम तत्काल भने श्रीलंकामा केहि अभ्यास खेलका लागि प्रस्थान गर्नेछ । नेपाल श्रीलंकाबाटै युएई जाने कार्यक्रम रहेको छ । त्रिकोणात्मक सिरिजका लागि नेपालबाट १६ खेलाडीलाई अन्तिम सूचिमा राखिएको छ । विदाई कार्यक्रममा मन्त्री गहतराजले खेल क्षेत्रको बिकासका लागि सरकार गम्भीर भएर लागिरहेको बताउनुभयो । उहाले नेपाललाई अन्तराष्ट्रिय जगतमा चिनाउने बिधा खेल क्षेत्र नै भएको भन्दै यस क्षेत्रलाई बलियो बनाउदै अघि बढ्ने धारणा राख्नुभयो । त्यस्तै नेपाली राष्ट्रिय टीमका कप्तान सन्दीप लामिछानेले नेपाली टीमले राम्रो तयारी गरेको जानकारी दिनुभयो । यसअघि देखिएका कमी र कमजोरीलाई पनि सुधार गर्दै उत्कृष्ट प्रदर्शन गर्ने उहाले बताउनुभयो । नेपाली टीमले श्रीलंकामा चार वटा अभ्यास खेल खेल्ने छ । त्यसपछि टिम १४ मार्चमा यूएई प्रस्थान गर्ने छ । युएईमा नेपालले घरेलु टिम र पीएनजीसँग त्रिकोणात्मक सिरिज खेल्ने छ । लिगमा टु मा नेपालले अहिलेसम्म आठ खेलमा चारमा जित र चारमा हार ब्यहोरेको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...