जनकपुरधाम, 5 मार्च 2022
मधेश प्रदेश र गण्डकी प्रदेशबिच अन्तर-प्रदेशीय विमान सेवा सुरु भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा र मधेश प्रदेशको राजधानी जनकपुरधामसम्मको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली सहित 18 सदस्यीय टोली मधेश प्रदेशको भ्रमणमा जनकपुर पुगेका हुन् । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो । 6 दिने मधेश प्रदेशको भ्रमणमा जनकपुर पुगेका गण्डकीका मुख्यमन्त्री नेपालीलाई मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामसरोज यादव र उद्योग पर्यटन तथा वातावरण मन्त्री शत्रुघ्न महतोले स्वागत गर्नुभएको थियो । जनकपुर पुगेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेश प्रदेशबीचको सम्बन्ध सुदृढ गर्न नयाँ आयाम सुरु भएको बताउनुभयो । उहाले दुई प्रदेशबीचको प्रर्यटन प्रवद्र्धनका लागि सदैव सहकार्य गर्ने उल्लेख गर्नुभयो । मुख्यमन्त्री नेपालीको भ्रमण टोलीमा अर्थमन्त्री रामजी प्रसाद बराल, पर्यटन उद्योग तथा वाणिज्य आपुर्ती मन्त्री, मणिभद्र शर्मा कँडेल लगाएत छन् ।









































