HomeFeatureएमसीसीको व्यख्यात्मक घोषणा केहि दलको लाज छोप्ने टालो मात्र भएको पोखरेलको टिप्पणी

एमसीसीको व्यख्यात्मक घोषणा केहि दलको लाज छोप्ने टालो मात्र भएको पोखरेलको टिप्पणी

काठमाडौं, 5 मार्च 2022

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमसीसीको व्यख्यात्मक घोषणा केहि दलको लाज छोप्ने टालो मात्र भएको टिप्पणी गर्नुभएको छ । ओखलढुंगा काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा पोखरेलले गठबन्धन नै टुट्ने भएपछि बाध्य भएर एमसीसीको व्यख्यात्मक घोषणा ल्याएको र सो घोषणा केहि दलको लाज छोप्ने टालो मात्र भएको टिप्पणी गर्नुभएको हो । एमसीसीको व्यख्यात्मक घोषणा बसवास भएको उहाको भनाई छ । पोखरेलले राष्ट्रिय स्वाधिनता र स्वतन्त्रतामा असर नपर्ने गरि मुलुकको हितका लागि अन्य देशको सहयोग स्वीकार गर्नुपर्ने धारणा राख्नुभयो । त्यस्तै उहाले ताजा जनादेशमा जान्छु भन्दा नमान्ने तर संविधान रक्षा गर्ने नाममा आपराधिक काम भएको भन्दै घृणित दक्षिणपन्थी अवसरवादको अगुवाई माधव नेपालले गरेको बताउनुभयो । उहाले एमालेलाई मार्गदर्शन गर्ने बिचार जनताको बहुदलिय जनवाद नै भएकाले बिचारबाट तलमाथि हुन नसक्ने स्पष्ट पार्नुभयो । पोखरेलले आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...