दिल्ली, 11 मार्च 2022
नेपाल क्रिकेट संघ (क्यान) ले बैंगलोरमा जस्ट क्रिकेट एकेडेमीमा डेब्लोमेन्ट प्रोग्रामअन्तर्गत रहेर प्रशिक्षण गर्ने जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार लोकेशबहादुर बम, गुल्शनकुमार झा, कुशल मल्ल, देव खनाल र मोहम्मद आदिल आलम रहेका छन् । उनीहरू जस्ट क्रिकेट एकेडेमीमा हुने कार्यक्रममा सहभागी हुनेछन् । उनीहरू खेलाडी विकास कार्यक्रम अन्तर्गत बेंगलोर जान लागेका हुन् ।









































